५५ ग्राम सुन, ५ थान आईफोन र १३ प्रो म्याक्स मोबाइल सहित त्रिभुवन विमानस्थलबाट ३ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - त्रिभुवन विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको १ किलोग्राम ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइल सहित ३ जना पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा, रौतहट गौरका ३२ वर्षीय सुनिल कुमार साह र मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार रहेका छन् ।

बाहिरी मुलुकबाट काठमाडौं आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त अवैध सुन र मोबाईल पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया