माघ २७ गतेसम्म कायम सेयरधनीले मात्र आइएमई जनरलको ४६ लाख कित्ता बढि हकप्रद सेयरमा आवेदन दिन पाउने

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कक्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न सक्नेछन् ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया