प्रिमियर इन्स्योरेन्स र ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा आज, कहिलेसम्म कायम शेयरधनीले भाग लिन पाउने ?

४ बर्ष अगाडि

काठमाडौं - आज प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ । प्रिमियर इन्स्योरेन्सको १३औं र ग्रीन लाइफको १२औं वार्षिक साधारण सभा हुन लागेको हो । 

प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्सको साधारण सभा आज प्रिमियर भवन नक्साल काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सभामा कम्पनीका शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद (कर प्रयोजनार्थ) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले ५ माघदेखि २१ गतेसम्म बुक क्लोज गरेको छ । 

त्यसैले, ४ माघसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

ग्रीन लाइफ हाइड्रोपावर
ग्रीन लाइफ हाइड्रोपावरको साधारण सभा आज आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्नेछ । 

यस्तै आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरि पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । 

त्यसैले माघ ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया