काठमाडौं - पछिल्लो ६ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ ।
उक्त नेप्सेको सीईओमा ६ महिनापछि कृष्णबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हालै बसेको बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को बैठकले कार्कीलाई नियुक्त गरेको हो । पदबाट चन्द्र सिंह साउदले २०७८ भदौ ८ गते राजिनामा दिएका थिए ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरीद गरिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका थिए।
रिक्त पदका लागि माग गरिएको आवेदनमा कार्की सहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको हो ।
सोही मध्येबाट मन्त्रिपरिषद्को बैठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।
प्रतिक्रिया