काठमाडौं - एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय मैतिदेवी काठमाडौंमा भर्चुअल माध्यमबाट हुने छ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षण समितिको सिफारीस बमोजिम बाह्य लेखा परिक्षक नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले माघ १२ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ माघ ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया