काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ६०५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज ८ हजार ७२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ लाख ८७ हजार ४४३ पुगेको छ ।
त्यस्तै आज कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ७७८ पुगेको छ । आज देशभर ६३ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया