रोमानियाले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको foto tapet 3d and print srl कम्पनीले  १२० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६५ हजार माथिदेखि ७७ हजार बढि पाउनेछ । इच्छुक कामदारले अल राअस रिक्रुटमेन्ट सर्भिस प्रालिको कार्यालय सुकेधारा काठमाडौंमा माघ २६ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 
 


 

३ बर्ष अगाडि

प्रतिक्रिया