काठमाडौं–जानकी गाउँपालिका ७ गोलौरी बस्ने ३२ वर्षीया रमा चौधरीको धारिलो हतियार बन्चरो प्रहारबाट आइतबार बिहान मृत्यु भएको छ ।
चौधरीलाई उनकै श्रीमान ३५ वर्षीय प्रेमलाल चौधरीले टाउकोमा बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । बन्चरो प्रहार पश्चात प्रेमलाल झूण्डीएको अवस्थामा स्थानीय बासिन्दाले पासो काटेर उपचारको लागि टीकापुर अस्पताल पठाएकोमा उपचारको क्रममा प्रमेलालको समेत मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया