काठमाडौं - मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कर्माचार्य चयन भएका छन् ।
कम्पनीले कर्माचार्यलाई सञ्चालकमा एक वर्षका लागि चयन गरेको जानकारी दिएको छ । उनी नेपाल अरनिको हाइड्रोपावरको तर्फबाट चयन भएका हुन् ।
कर्माचार्यको कार्यकाल गत माघ २ गतेदेखि लागू भएको कम्पनीले जानकारी दिएको छ । गत माघ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया