किसान लघुवित्तले माग्यो कर्मचारी, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही सङ्ख्यामा र कनिष्ठ अधिकृत ७ जना साथै मुख्य अधिकृत सहायक प्रबन्धकमा एकजना कर्मचारी माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै कनिष्ठ सहायक प्रशिक्षार्थीको हकमा एसईई उत्तीर्ण, अधिकृतको हकमा स्नातक तह र मुख्य अधिकृतमा सेमी क्वालिफाइड सीएको परीक्षा उत्रिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका आवेदकले फागुन २ गतेसम्ममा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन संस्थाको इमेल ठेगाना र अनलाइन प्रणाली मार्फत दिन सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया