गोर्खाज फाइनान्स सीईओमा कुमार घिमिरे, स्वतन्त्र सञ्चालकमा को ?

४ बर्ष अगाडि

काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । कम्पनीले सीईओमा सन्तोष कुमार घिमिरेलाई नियुक्त गरेको हो । 

कम्पनीको माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले माघ १९ गतेदेखि लागू हुने गरी आगामी ४ वर्ष सम्मका लागि प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार घिमिरेलाई नियुक्त गरेको हो । 

त्यसैगरी, कम्पनीको सञ्चालक समितीमा रिक्त रहेको संस्थापक शेयरधनीको तर्फबाट कल्पना खापुङ र सर्वसाधारण तर्फबाट नीलम बोहरालाई नियुक्त गरेको छ । 

त्यसैगरी, रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सागर शर्मालाई एक कार्यकालको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया