कारोबार खुलेको तीन घण्टामा पाँच कम्पनीमा उच्च खरीद माग, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - साताको अन्तिम काराबोर दिन बजार खुलेको करीब तीन घण्टाको अवधिमा पाँच कम्पनीमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२३ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीमा उच्च खरीद माग रहेको हो । 

उच्च माग गरिएको कम्पनीमा अपि पावर कम्पनी, एनएमबि फिप्टी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, प्रभु सेलेक्ट फण्ड र सानिमा इक्विटी फण्ड रहेका छन् । 
 
पाँच कम्पनी मध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको ५ लाख ९९ हजार ५१५ इकाई खरीद माग रहेको छ । त्यसैगरी अपि पावर कम्पनीको ४ लाख १० हजार ५१० कित्ता, हाइड्रोइलेक्ट्रीसिटीको ३ लाख ८१ हजार २६१ कित्ता,प्रभु सेलेक्ट फण्डको ३ लाख ५२५ इकाई र सानिमा इक्विटी फण्डको ३ लाख १५० इकाई खरीद माग रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया