विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभाग गाभियो, फागुन १ बाट एकीकृत कारोबार

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण विभागलाई एक आपसमा गाभेको छ ।

गाभिएपछि नयाँ विभागको नाम ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ राखिएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर अध्यक्ष हुने व्यवस्थापन समितिको कात्तिक ११ गतेको बैठकले यी दुई विभाग गाभ्ने निर्णय गरेको थियो । 

आब विभागले फागुन १ गतेबाट एकीकृत भएर काम गर्ने राष्ट्र बैंकले जनाएको छ । अहिले राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभागको कार्यकारी निर्देशकमा प्रदीपराज पौडेल छन् । 

साथै फाइनान्स कम्पनी सुपरिवेक्षण विभागमा पिताम्बर भण्डारी रहेका छन् । तर, नयाँ विभागको जिम्मेवारी भने अहिलेसम्म कसैलाई तोकिएको छैन ।

४ बर्ष अगाडि

प्रतिक्रिया