विन नेपाल लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, प्रतिकित्ता कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं - विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

 कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ९५९.२० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ८ हजार ५४८ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया