मुद्दतिमा राख्न बैंक खोज्दै राष्ट्र बैंक, कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ३६६ दिन अवधिको लागि लगानी गर्ने भएको हो ।

केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १६ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड १५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ गरी कुल २१ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंकले उक्त रकम २०७८ फागुन ४ गतेदेखि २०७९ फागुन ४ गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी माघ २३ गतेसम्ममा बोलकबोल पेश गर्नु पर्ने छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया