काठमाडौं - कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १७औं वार्षिक साधारण सभा फागुन २० गते कल्पतरू होटल, नेपालगञ्जमा बोलाएको हो ।
साभा दिउँसो १ बजेदेखि विद्युतिय माध्यम जुमबाट एकसाथ सुरू हुने बैंकले जनाएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ ।
यस्तै आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान, वासलात तथा नगद प्रवाह विवरण सम्बन्धी अनुसूची उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लागी लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २८ गतेदेखि फागुन २० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ २७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया