बैंकहरुले ७ लाख बढि रकम निकाल्ने/राख्ने व्यक्तिको सूचि तयार गर्नु पर्ने, कहिलेदेखिको ?

४ बर्ष अगाडि

काठमाडौं - बैंकहरुले २०७८ साउन १ गते यतादेखि बैंकमा ७ लाख रुपैयाँ वा सोभन्दा बढि जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूचि तयार गर्नु पर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले यही माघ १८ गते सबै बैंकहरुलाई पत्राचार गर्दै २०७८ साउन १ गतेदेखि बैंकमा ७ लाख रुपैयाँ वा सोभन्दा बढि जम्मा गर्ने तथा निकाल्ने व्यक्तिको सूचि तयार गर्न निर्देशन दिएको हो । 

हाल १० लाख माथिको रकम चेकमार्फत नै हुँदै आएको छ । त्यस्तै १० लाख भन्दा तलको कारोबार नगदमा गर्न पाइन्छ । यद्यपि बैंकमा निक्षेप जम्मा गर्दा भने जति पनि जम्मा गर्न पाइन्छ ।

राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार बैंकहरुले ७ लाख बढि रकम निकाल्ने तथा राख्ने सबैको विवरण केन्द्रीय बैंकमा पठाउनु पर्ने भएको छ । अब गत साउन १ गतेदेखि यता ७ लाख रुपैयाँ वा सोभन्दा बढि रकम बैंकमा जम्मा गरेको वा निकालेको भएमा उक्त विवरण नेपाल राष्ट्र बैंक हुँदै अर्थमन्त्रालयसम्म भएको छ । 

नेपाल राष्ट्र बैंकले यही माघ १८ गते पठाएको निर्देशन बमोजिम सबै बैंकहरुले ७ लाख रुपैयाँ भन्दा बढि रकम जम्मा गर्ने तथा निकाल्नेहरुको आठ थरी विवरण बुझाउन निर्देशन दिएको छ । 

जसमा खाता नम्वर, खातावालाको नाम, ठेगाना, सिविएस सम्बन्धी टिप्पणी, रकम झिकिएको मिति लगायतका ग्राहकको विवरण बैंकले केन्द्रीय बैंकलाई बुझाउनुपर्नेछ ।

नेपाल राष्ट्र बैंकले निक्षेप हराउन थालेपछि यसो गरेको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया