काठमाडौं - सिद्धार्थ इन्स्योरेन्सले लांभाष घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको हो ।
कम्पनी सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले वितरण गर्ने उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया