काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिना सम्म आइपुग्दा १३ करोड १६ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो ।
विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७७.३२ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ४२ लाख २८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी ३५.७० प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी २४ करोड ८० लाख ८ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा भने ११.२८ प्रतिशतले घटेर १० करोड ४५ लाख २८ हजार पुगेको छ । गत वर्ष कम्पनीले ११ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ र जगेडा कोषमा ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया