२०१९ को अन्त्यदेखि ७० खर्ब डलरले बढ्यो अमेरिकाको राष्ट्रिय ऋण, कुल ३०० खर्ब डलर माथि

४ बर्ष अगाडि

अमेरिकाको राष्ट्रिय ऋणले अर्को सीमा पार गरेको छ । कुल सार्वजनिक ऋण ३०० खर्ब डलर माथि पुगेको अमेरिकी अर्थ मन्त्रालयले मंगलबार जनाएको छ । कोभिडबाट उत्पन्न संकट टार्नका लागि वासिङ्टनले आक्रामक रुपमा थप ऋण लिँदा राष्ट्रिय ऋणले सीमा पार गरेको हो । 

अमेरिकामा राष्ट्रिय ऋण २०१९ को अन्त्यदेखि ७० खर्ब डलरले बढेको जनाइएको छ । यद्यपि अमेरिकामा कति सम्मको ऋणलाई सीमा पार गरेको भनिने र यो कत्तिको ठूलो समस्या हो भन्ने विषयमा अर्थशास्त्रीहरू भने विभाजित छन् ।

  यता, अमेरिकी केन्द्रीय बैंकले २०१५ देखिनै पहिलो दर वृद्धिको श्रृखंला ल्याउने योजना बनाइरहेको छ  ।

४ बर्ष अगाडि

प्रतिक्रिया