एनआईसी एसिया बैंकले माग्यो कर्मचारी, अनुभव नचाहिने

४ बर्ष अगाडि

काठमाडौं - एनआईसी एसिया बैंकले प्रदेशगत रुपमा कर्मचारीको माग गरेको छ । बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि प्रशिक्षार्थी सहायकको माग गरेको हो । 

अनुभवको आवश्यकता नपर्ने बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । 

इच्छुक आवेदकले मेरो जव मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिन सक्ने छन् । आवेदकले अनलाइन माध्यमबाटै आफूलाई पायक पर्ने स्थानका लागि आवेदन दिन सक्ने छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया