महालक्ष्मी लाइफद्धारा १० लाख २० हजार मृत्यू दावी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यू दावी रकम भुक्तानी गरेको छ । कम्पनीले झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्यू भएपछि उनको परिवारलाई १० लाख २० हजार मृत्यू दावी रकम भुक्तानी गरेको हो ।

गोविन्दकी श्रीमती अमृता योङहाङ्गलाई उक्त रकम भुक्तनी गरिएको कम्पनीले जनाएको छ । स्वर्गीय गोविन्द योङहाङ्गले गएको असारमा ५ लाखको बीमा गरेका थिए । उनले ५ लाखको बीमा गर्दा पहिलो किस्ताको ४१ हजार रकम मात्र रकम बुझाएका थिए । 

त्यस्तै सोही परिवारले महालक्ष्मी लाइफमा एक लाखको जीवन हेरचाह बीमा गरेका थिए । उक्त समेत एक लाख रकम कम्पनीले भुक्तानी दिएको छ । गोविन्दको बीमा गरेको तीन महिना पछि असोजमा कोरोना संक्रमणका कारण मृत्यू भएको थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया