नेटवर्किङ व्यवसायमा २ महिनामै पैसा दोब्बर हुने भन्दै १७ हजार ठगी गर्ने ३ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ परेका छन् । पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा दाङबाट तीन जना पक्राउ परेका हुन् । 

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो ।

तीनै जनाको नाम भने गोप्य राखिएको छ । उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया