समृद्धि फाइनान्सले फागुन ८ बाट २७ करोड २९ लाख बढिको हकप्रद निष्काशन गर्ने, पौष ८ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने

४ बर्ष अगाडि

काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले फागुन ८ गतेबाट १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्ने भएको हो । 

कम्पनीले मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया