स्वारेजले तोड्यो मेस्सीको रेकर्ड, बन्यो विश्वकप छनौटमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी

३ बर्ष अगाडि

एजेन्सी - उरुग्वेका स्टार फरवार्ड लुइस स्वारेजले अर्जेन्टिनाका फरवार्ड लिओनल मेस्सीका नाममा रहेको सर्वाधिक गोलको रेकर्ड तोडेका छन् । 

यो सँगै स्वारेज फिफा विश्वकप फुटबल अन्तर्गत छनौट प्रतियोगितामा दक्षिण अमेरिकी महादेश ९कोन्मेबोल० क्षेत्रबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । 

बुधबार बिहान विश्वकप छनौटमा उरुग्वेले आफ्नो घरेलु मैदानमा पाहुना टोली भेनेज्वेलामाथि ४–१ को फराकिलो जित निकाल्दा स्वारेजले १ गोल गरेका थिए । उक्त गोलको मदतमा स्वारेजले मेस्सीका नाममा रहेको गोलको रेकर्ड तोडेका हुन् । 

स्वारेज २८ गोलका साथ अमेरिकी क्षेत्रबाट विश्वकप छनौटमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी खेलाडी बनेका छन् । यसअघि मेस्सी कूल २७ गोलका साथ साउथ जोनबाट विश्वकप छनौटमा सर्वाधिक गोल गर्ने रेकर्डधारी खेलाडी थिए । 

ताजा अवस्थामा मेस्सीका नाममा २७ गोल छ भने स्वारेजका नाममा २८ गोल भएको छ । स्वारेजको मेस्सी प्रिय मित्र समेत हुन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया