६ महिना सम्म आइपुग्दा समता घरेलु लघुवित्तले कति कमायो नाफा ?, जगेडा कोषमा १४ करोड ४८ लाख बढि सञ्चित !

४ बर्ष अगाडि

काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिना सम्म आइपुग्दा ३ करोड ५५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.४४ प्रतिशतले कमि हो । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ६४ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद व्याज आम्दानी भने ८७.९९ प्रतिशतले बढेर ११ करोड ७१ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको खुद व्याज आम्दानी ६ करोड २३ लाख २१ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको सञ्चालन मुनाफा ४७३ प्रतिशतले बढेर एक करोड ९७ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ३४ लाख ४३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ९ईपीएस० २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ । कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ सञ्चित रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया