काठमाडौं - आजसम्म नेप्सेमा कायम हुने शेयरधनीहरूले मात्र शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद पाउने भएका छन् ।
कम्पनीले हकप्रद प्रयोजनका लागि माघ भोली एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसैले, उक्त सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रतिक्रिया