आज ८ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ८ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको बुस्टर डोज चार लाख ८४ हजार ४७९ मात्रा लगाइएको छ ।
सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो । हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पुर्णमात्रा खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा संगीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा तीन हजार ६३७ संक्रमित पुष्टि भएको जानकारी दिइन् ।
१२ जनाको मृत्यु भएको छ भने ७५५५ जना संक्रमति अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् ।
प्रतिक्रिया