एजेन्सी - विश्वभर तेलको मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न ओपेकले आवश्यक कदम चाल्न सक्ने भएको छ ।
इन्धनको मूल्यवृद्धिबाट आक्रान्त बनेका ग्राहकका लागि गोल्डम्यान स्याक्सले ओपेक प्लसले बुधबार गर्न लागेको भर्चुअल बैठकमा तेलको उत्पादनसम्बन्धी महत्वपूर्ण निर्णय लिन सक्ने जानकारी दिएको हो ।
तेलको मूल्यले राजनीतिक दबाबको सामना गरिरहेको जनाउँदै गोल्डम्यान स्याक्सले ओपेक प्लस मासिक ४ लाख ब्यारेल उत्पादन वृद्धि गर्ने योजनामा अडिग नरहने जनाएको छ । तेल आयात गर्ने मुलुकहरुको दबाबका कारण आपेक प्लसले तेलको उत्पादन वृद्धि गर्न सक्ने गोल्डम्यान स्याक्सको ठहर छ ।
रुस–युक्रेन तनावका कारण गत सोमबार अमेरिकी तेलको मूल्य सन् २०१४ पछिकै उच्च विन्दुु अर्थात प्रतिब्यारेल ८८ डलर पुगेको छ । त्यस्तै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ९० डलर पुगेको छ ।
प्रतिक्रिया