यो मौसम चिसो छ र चिसो मौसम त्यति रमाइलो हुँदैन पनि । तर आधुनिक प्रविधिका कारण सबै जानकारी र डिजिटल मनोरञ्जनहरु मात्र एक क्लिक टाढा छ ।
तपाईंलाई कुन फोन उपयुक्त छ भनेर अझै दोधारमा हुनुहुन्छ होला । यहाँ हामीले तपाईंको आवश्यकता पूरा गर्न सक्ने विभिन्न मूल्य सूचि सहित केही स्मार्ट फोनहरुको बारेमा उल्लेख गरेका छौं । यसको लागि हामीले स्मार्ट फोनहरुलाई मूल्यको आधारमा ३ भागमा राखेका छौं ।
नार्जो 50i –इन्ट्री लेभल
हाम्रो सूचिको पहिलो स्थानमा रहेको Narzo 50i छ । राम्रो क्यामेराहरु, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नुहुन्छ । १२ हजार ९९९ मा टु जिबी ¥याम्प र ३२ जीबी स्टोरेज रहेको यस फोन ४ जीबी याम्प र ६३ जीबी स्टोरेजमा पनि उपलब्ध छ ।
र यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ । तपाईंको जानकारीका लागि, यहाँउल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ रहेको छ । आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै Narzo 50i लाई उत्कृष्ट सावित गर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोनमिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ ।
Narzo 50i ले आफ्नो प्रदर्शनमा ध्यान दिने भएकाले तपाईंले पबजी जस्ता गेमहरु खेल्न नपाए पनि यसले तपाईंलाई अरु कार्यहरु गर्न सहजता प्रदान गर्दछ ।
रियलमी 9i - मिडरेन्ज
गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन तपाईंको लागि उपयुक्त छ । तपाईंले सुन्नु भएकै होला “राम्रो फोनहरु सस्तो हुँदै गएका छन् र सस्तो फोनहरु राम्रो” । realme 9i यसैको उदाहरण हो । हाम्रो विशेष स्रोतको अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै आउँदैछ र यसको मूल्य २६ हजारको हाराहारी मै उपलब्ध हुनेछ । narzo 50i राम्रो फोन भए पनि मिडरेन्जरसंग तुलना गर्न मिल्दैन ।realme 9i मा आकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ ।
माथि नै भने अनुसार यस स्मार्ट फोनमा भरपर्दो ब्याट्री छ । realme 9i ले फास्ट चाजिङ पनि सपोर्ट गर्दछ । निल ब्याट्री देखि १०० प्रतिशत ब्याट्री चार्ज हुन जम्मा १ घण्टा भए पुग्छ । यस फोनको अन्तिम कुरा क्यामेराको बारेमा गरौं । ५०MP AI सेन्सरले दिउँसो अथवा रातीपनि एचडि फोटोहरु खिच्छ । २MP depth सेन्सर र २ MP macro लेन्स पनि यस फोनमा उपलब्ध छ । फोटोग्राफी मन पराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ । यीआकर्षक सुविधा भए पनि हाम्रो लिस्टमा रहेको अर्को फोन अझ परिष्कृत छ ।
रियलमी जिटी नियो २
यो एक विशेष फोन हो । यस लिस्टको अन्तिम फोन साँच्चिकै आकर्षक फ्ल्यागसिप फोन हो । 120Hz AMOLED डिस्प्ले, 65W को फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो फोन अरु महँगो फोनहरुसंग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । यसको विश्लेषण गरौं । 600Hz सँगै HDR10 सपोर्ट गर्ने AMOLED डिस्प्लेको साथ तपाईंले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ ।
यस फोनको अर्को सुन्दर पक्ष भनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, ८ लेयरको चार्जिङ सुविधा उपलब्ध छ र जिरो ब्याट्री देखि १०० प्रतिशत ब्याट्री ३३ मिनेटमै चार्ज हुन्छ । जम्मा ५ मिनेट चार्ज गर्दा क्गउभचम्बचतऋजबचनष्लन को मद्दतले २० प्रतिशत ब्याट्री चार्ज हुन्छ ।
प्रतिक्रिया