साल्भाडोरलाई बिटकोइनको कारोबार नगर्न सुझाव, मन्त्री एलजेन्ड्रो जेलायाद्धारा ठाडै अस्वीकार

४ बर्ष अगाडि

एजेन्सी - एल साल्भाडोर क्रिप्टोकरेन्सी (बिटकोइन) लाई पहिलो पटक वैधानिक टेन्डरको मान्यता दिने राष्ट्र हो । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले विश्व अर्थतन्त्रमाथि चुनौती बन्दै गएको क्रिप्टोकरेन्सी प्रयोग नगर्न सुझाव दिएको छ । उक्त आईएमएफको सुझावलाई एल साल्भाडरका ट्रजरी मन्त्री एलजेन्ड्रो जेलायाले ठाडै अस्वीकार गरेका छन् ।

‘बिटकोेइन राष्ट्रिय सार्वभौमताको विषय भएको र कुनै अन्तर्राष्ट्रिय संस्थाले यो गर त्यो गर भन्नुले कुनै अर्थ नराख्ने’ जेलायाले स्थानीय टेलिभिजनमा बताए । “राष्ट्रहरु स्वतन्त्र हुन्छन् र जनहितको लागि बनाइएका नीति सरकारका सार्वभौम निर्णय हुन्छन् ।” पनि भनेका छन् ।

गत साता आइएमएफले एल साल्भाडोरलाई क्रिप्टोकरेन्सीबाट जम्मा भएको १५० मिलियन अमेरिकी डलरलाई विघटन गर्न र प्रयोग नभएको फन्डलाई आईएमएफको ट्रेजरीमा जम्मा गर्न सुझाव दिएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया