काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले विन्टर अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क डिम्याट खाता र मेरो सेयर प्राप्त गर्नेछन् ।
इच्छुक ग्राहकहरुले आफ्नो घरमै बसेर मोबाइल एपबाटै पूर्ण भिडियो केवाइसीसहितको डिम्याट खाता खोल्न सक्नेछन् । अब विदेशमा बस्ने सबै नेपालीले मोबाइलबाटै भिडियो केवाइसी गरी आफ्नो डिम्याट खाता खोल्न सक्नेछन् ।
मोबाइल एप हाल एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध रहेको छ । यसका साथै ग्राहकहरुले प्रभु क्यापिटलको वेभसाइटबाट समेत डिम्याट खाता खोल्न सक्नेछन् ।
प्रतिक्रिया