काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मार्शल टोलीले सिनामंगलस्थित मिनवा रिक्रुटमेण्ट एच आर प्रा।लि। मा स्टिङ अपरेसन गरेकोे छ ।
आइतवारदेखि संचालन भएको 'कल सेन्टर' मा कम्पनीले ठगी गरिरहेको सूचना आएपछि 'मार्शल टोली' ले सोमबार स्टिइङ अपरेसन गरेको मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
म्यानपावरले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि मन्त्रालयले गठन गरेको मार्शल टोलीले संचालक हेमराज राई सहित तीनजनालाई नियन्त्रणमा लिएको पनि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया