सूर्या लाइफले एनआईसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा ल्यायो, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडको नाममा रहेको ८ हजार एक सय ५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

उक्त सेयर बिक्री गर्न कम्पनीमा आवेदन दिएकोमा बीमकको संस्थापक सेयर कारोबार (खरिदरबिक्री) सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक सेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने भएको कम्पनीले एक सुचना जारी गर्दै जानकारी गराएको छ । 

साथै उक्त संस्थापकहरुले खरिद नगरेमा प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्तिरसंस्थालाई उपयुक्तताको जाँच गरी सेयर बिक्री गर्न सकिने व्यवस्था भए अनुसार उक्त सेयरहरु खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ । 

आवेदन सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, तेश्रो तल्ला सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल, काठमाडौंमा कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

उक्त सेयरको न्यूनतम बिक्री मूल्य ३ सय ४ रूपैयाँ तोकिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया