शुक्रबारबाट जाल्पा सामुदायिक लघुवित्तको ५ लाख २२ हजार कित्ता आइपीओ बिक्रीमा आउने, बिक्रि प्रबन्धक प्रभु क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं - जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गते शुक्रबारदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

जसमध्ये साधारण शेयर मध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । 

बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आवेदकले उक्त शेयरमा आवेदन दिदा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्ता सम्मका लागि माग गर्न पाउनेछन् । उक्त शेयर माघ २१ गतेदेखि निष्काशन खुल्ला भई छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ ।

कम्पनीको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया