गुराँस लघुवित्तको अन्य सञ्चालन खर्च बढ्दा खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

४ बर्ष अगाडि

काठमाडौं - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिनासम्म आइपुग्दा ७३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.८२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

खुद ब्याज आम्दानी सामान्य बढेपनि कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढ्दा लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४६.८२ प्रतिशत घटेको छ । 

लघुवित्तको कर्मचारी खर्च १ करोड ८९ लाख रुपैयाँबाट बढेर २ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन खर्च ६७ लाख ९४ हजार रुपैयाँबाट बढेर ९४ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३३ रुपैयाँ ३२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १८ रुपैयाँ १६ पैसा घटेर १५ रुपैयाँ १६ पैसामा झरेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९३.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८.३४ गुणा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९१ प्रतिशत बढेको छ भने जगेडा कोष १३।९२ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्तको सापटी ३२.०२ प्रतिशत, निक्षेप ३३.९७ प्रतिशत र कर्जा २८.७५ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया