३५ दिन भित्र ग्लोबल आईएमइ लघुवित्तको लाभांश नलिए लगानीकर्ता संरक्षण कोषमा, कहाँबाट लिने ?

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आईएमइ लघुवित्त वित्तिय संस्था लिमिटेडले सेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश लिन अनुरोध गरेको छ । 

संस्थाको विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ वर्ष अवधि नाघेको नगद लाभांश नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यलय बिजयपुर, कास्कीमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । 

उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया