मनकामना स्मार्ट लघुवित्तको चुक्ता पुँजी १४ करोड १७ लाख बढि हुँदा जगेडा कोषमा २ करोड ८१ लाख धेरै, ईपीएस कति ?

४ बर्ष अगाडि

काठमाडौं - मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ महिनासम्म आइपुग्दा १ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा ४७.३२ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड ९७ लाख १९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १३.९५ प्रतिशतले बढेर ३ करोड ९८ लाख ३६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ४९ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

यस्तै संस्थाको प्रतिसेयर आम्दानी ९ईपीएस० १४ रुपैयाँ ६६ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९२ पैसा रहेको छ । दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा बढेर २५ लाख ६२ हजार रूपैयाँ पुगेको छ । 

गत आर्थिक वर्षको सोहि अवधिमा संस्थाको संचालन मुनाफा ५२ करोड ३५ लाख रुपैयाँ ऋणात्मक थियो । संस्थाको चुक्ता पुँजी १४ करोड १७ लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा २ करोड ८१ लाख ५० हजार रुपैयाँ सञ्चित रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया