४२ लघुवित्तले लाभांश घोषणा गर्दा ६ को बाँकी, कुन- कुनको ?

४ बर्ष अगाडि

काठमाडौं - यस वर्ष सूचीकृत लघुवित्त कम्पनीहरुमध्ये हालसम्म ४२ वटा लघुवित्तले शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् भने ६ कम्पनीले लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेका छैनन् । 

आरम्भ चौतारी, नयाँ सारथि, विन लघुवित्त, जीवन विकास लघुवित्त, मानषी लघुवित्त, घोडिघोडा लघुवित्त, ग्रामिण लघुवित्त,समाज लघुवित्तले भने शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छैनन् ।

यसैगरी गत आर्थिक वर्षको कमाइबाट किसान लघुवित्त, समिट लघुवित्त, नाडेप लघुवित्त, सपोर्ट लघुवित्त, मनकामना लघुवित्त, एनआइसि एशिया लघुवित्त, महिला लघुवित्त र आँधिखोला लघुवित्तले पनि शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । यी लघुवित्त कम्पनीहरुले गत वर्ष शेयरधनीलाई लाभांश दिएका थिएनन् ।

गत वर्षको कमाइबाट महिला लघुवित्तले लघुवित्त कम्पनीहरूमध्येको सबैभन्दा धेरै लाभांश घोषाणा गरेको छ । उसले शेयरधनीहरूलाई ५० प्रतिशत लाभांश वितरणा गर्ने घोषणा गरेको हो । यस कम्पनीले सूचीकृत भएपश्चात पहिलोपटक शेयरधनीलाई लाभांश वितरण गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया