बिक्रीमा आयो नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक सेयर, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्ने भएको छ । उक्त सेयरको न्यूनतम मूल्य ४ सय रूपैयाँ तोकिएको छ । 

कम्पनीले एक सूचना जारी गर्दै बिमकको संस्थापक सेयर बिक्रि सम्बन्धी जानकारी दिएको हो । कम्पनीका अनुसार निर्देशिका २०७७ बमोजिम सर्वप्रथम कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । 

आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया