काठमाडौं - मंगलबार ५ हजार ५८३ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमण कारण ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार २४ घन्टामा गरिएको कुल १७ हजार ६७४ पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये १० हजार ७७६ पिसिआर परीक्षण गर्दा ३६५७ जनामा र ६हजार ८९८ एन्टिजेन परीक्षण गर्दा १९२६ संक्रमण पाइएको हो ।
यसैगरी एक दिनमा ८ हजार २६७ जनाले कोरोना संक्रमण जितेका छन् । हाल देशभर ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया