काठमाडौं, रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको चगदष् अयलकगतिष्लन कच िकम्पनीले विभिन्न पदका लागि ९० जना पुरुष र १० जना महिला गरी १०० जना कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ६६ हजार माथिदेखि ७८ हजार बढि पाउनेछ । इच्छुक कामदारले वाईज ईण्टरनेशनल नेपाल प्रालिको कार्यालय धापासी काठमाडौंमा माघ २४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने म्यादी बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफ्ले बेर्होनु पर्नेछ ।
यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया