महुली लघुवित्तको नाफा ४९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र अन्य सूचक के कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं-महुली लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महुली लघुवित्तको खुद नाफा ४९.२३ प्रतिशतले बढेर ५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा लघुवित्तले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

समीक्षा अवधीसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५४.९७ प्रतिशतले बढेर १४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । 
 
गत वर्ष यसैअवधिमा यसले ९ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ९५.८० प्रतिशतले बढेर ८ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले ४ करोड २२ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । 

प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ४४ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ८७ पैसा छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया