काठमाडौं, दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तिय विवरण अनुसार कम्पनीले समीक्षा अवधिमा १५ लाख ५६ हजार रुपैयाँ बढी घाटा व्यहोर्नु परेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले १ करोड ३९ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २०.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २० करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा पनि रिजर्भ १८ करोड ८९ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ०.५९ रुपैयाँ ऋणात्मक रहेको छ । प्रतिशे यर नेटवर्थ २१(६० रुपैयाँ छ।
प्रतिक्रिया