काठमाडौं-अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा १३.९० प्रतिशतले बढेर ४ करोड ६३ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४ करोड ६ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको बीमा शुल्क पनि ९.१४ प्रतिशतले बढेर २२ करोड ७७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ८० करोड ८६ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ८० लाख २३ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १३ करोड ५३ लाख २५ हजार रुपैयाँ र महाबिपत्ति कोषमा १ करोड ७ लाख २० हजार रुपैयाँ सञ्चित छ ।
समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिशेयर आम्दानी ९ रुपैयाँ २६ पैसा र प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४० पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात ८०.४५ गुणा रहेको छ ।
प्रतिक्रिया