प्रिमियर इन्स्योरेन्सका सिईओ विश्वरामले वार्षिक तलब सुविधा बापत बुझे  ६० लाख २१ हजार, बोनस कति ?

४ बर्ष अगाडि

काठमाडौं-प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विश्वराम तिमिलाले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ६० लाख २१ हजार रुपैयाँ बुझेका छन् । 

तिमिलाले गत आर्थिक वर्ष २०७७/७८ मा वार्षिक तलब र अलाउन्सेस बापत ५० लाख ९५ हजार रुपैयाँ र मुनाफाबाट ९ लाख १६ हजार रुपैयाँ बोनस प्राप्त गरेका हुन्।

कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने यस वर्षमा एक करोड २४ लाख रुपैयाँ प्राप्त गरेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीको कर्मचारीहरुलाई तलब बापत ६ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै कर्मचारीहरुले तलब बापत अलाउन्सेस बापत ५ करोड ९४ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस बाहेक कर्मचारीहरुले मुनाफाबाट ४ करोड ७२ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् ।

तिमिला प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा २०७६ पुसमा नियुक्त भएका थिए । अघिल्लो आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृतका लागि खर्च भएको केहि रकम उनको भागमा पनि परेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया