इमर्जिङ नेपालको आइपिओमा माघ २६ गते आवेदन दिन सकिने, कहिलेसम्म र कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं-इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गते (बुधबार) देखि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो ।  जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्यायर बाँकि रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लागि हो ।

आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया