काठमाडौं-घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद मुनाफा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक थियो थियो । कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा देखिएको हो ।
यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बेचेर १ करोड ६४ लाख ८४ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बेचेर १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रूपैयाँ रहेको छ ।
दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।
प्रतिक्रिया