साउदी अरबमा आकर्षक तलबसहित नेपाली कामदारको माग, हवाई टिकट समेत निशुल्क

३ बर्ष अगाडि

काठमाडौं, साउदी अरबको एक कम्पनीले आकर्षक तलबसहित नेपाली पुरुष कामदारको माग गरेको छ । UNITED FRANCHISE COMPANY LIMITED नामक कम्पनीले विभिन्न पदका लागि १७ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३१ हजार देखि ५७ हजार बढि पाउनेछ । इच्छुक कामदारले नाशा ह्यूमन रिसोर्स प्रालिको कार्यालय महाराजगंज, चक्रपथ काठमाडौंमा माघ २५गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने म्यादी बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेर्होनु पर्ने छ । 

यस्तै, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया