काठमाडौं- प्रभु क्यापिटल लिमिटेडले यस वर्ष पनि विन्टर अफर ल्याएको छ।
अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा आई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि यही माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि ‘फ्री डिम्याट र मेरो सेयर’ सुविधासहितको विन्टर अफर योजना ल्याएको हो। यस योजनाअन्तर्गत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुलाई क्यापिटलले २ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर अनलाइन सेवा प्रदान गर्नेछ।
प्रभु क्यापिटलको विन्टर अफर विशेषताहरु
यस योजनामा देश वा विदेशमा रहेका नेपालीहरुले मोबाइल एप (एप हाल गुगल प्लेस्टोरमा मात्र उपलब्ध छ) बाटै भिडियो केवाईसीसहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्नेछन्। यसका साथै वेवसाइटबाट समेत भिडियो केवाईसीसहितको डिम्याट सेवा प्राप्त गर्न सक्नेछन्।
यो योजनामा २ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर अनलाइन सेवा प्रदान गरिनेछ।
डिम्याट खाता तथा लगानी व्यवस्थापनसम्बन्धी विभिन्न सेवाहरु प्रभु क्यापिटलको
वेवसाइट तथा मोबाइल एपबाटै प्राप्त गर्न सकिनेछ।
यो योजना २०७८ माघ १८ गतेदेखि चैत १७ गतेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया